प्रधानमन्त्रीद्वारा ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युल सेन्टर उद्घाटन

काभ्रेपलाञ्चोक | भदौ १४, २०८१

प्रधानमन्त्रीद्वारा ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युल सेन्टर उद्घाटन

काभ्रेपलाञ्चोक:   प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय ९केयू०मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गर्नुभएको छ । 

    
विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने बा१झ ११११ नम्बरको कारको समेत उद्घाटन गर्नुभयो । उहाँ सोही कार चढेर दीक्षान्त समारोहस्थल जानुभएको थियो । 

    
सोअवसरमा उहाँले विश्वविद्यालयले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेसन निर्माण अनुकरणीय कार्य भएको बताउनुभयो । “काठमाडौँ विश्वविद्यालयमा मात्र होइन, यस प्रकारको नवीनतम काम अन्य स्थानमा पनि सञ्चालन हुनुपर्छ”, कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो । 

    
प्रधानमन्त्री ओलीले आफू यसअघि प्रधानमन्त्री भएका बेला ग्रीन हाइड्रोजन तथा हावाबाट बिजुली उत्पादनबारे छलफल एवं अध्ययनको सुरुआत गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले राम्रो कामको सुरुआत भएको छ, यसलाई अन्यत्र बिस्तार गर्दै जानुपर्छ, विशेषगरी पहिलो प्राथमिकता सवारी साधनलाई दिनुपर्छ ।” 

    
विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं सहप्राध्यापक विराजसिंह थापाले बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजनमा परिणत गरिएको जानकारी दिनुभयो । विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजन फ्युल उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको विश्वविद्यालयले पहिलो पटक २०७९ साल चैत १९ गते ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो । 

    
विश्वविद्यालयलाई हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट सवारी साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको थियो । निगमकै सहयोगमा गत कात्तिकमा दक्षिण कोरियाबाट हुण्डाइ कम्पनीको कार भित्र्याइएको थियो । साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको जनाइएको छ । 

    
यसका लागि निगमले विश्वविद्यालयलाई रु पाँच करोड उपलब्ध गराएको थियो । उक्त सहयोगबाट विश्वविद्यालयले ३३ हजार अमेरिकी डलरमा कार, रु एक करोड ३० लाखको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको जनाइएको छ । 

    
सहप्राध्यापक थापाका अनुसार हाइड्रोजन रिफिल सेन्टरमा प्रशोधित पानीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनलाई सुक्खा बनाउन, शुद्धीकरण गर्ने र लो प्रेसर ट्याङ्कीमा भण्डार गर्ने र त्यासमा रहेको हाइड्रेजनलाई हाइप्रेसर ट्याङ्कीमार्फत कारमा रिफिल गरिन्छ ।
    
    
अध्ययन तथा अनुसन्धान ९परीक्षण०का लागि विश्वविद्यालय परिसरमा स्थापित हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औसत दुई किलोग्राम हाइड्रोजन उत्पादन हुने विश्वविद्यालयले जनाएको छ । एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खपत हुन्छ । 

    
विश्वविद्यालयमा ल्याइएको हुण्डाइको कारमा छ किलोग्राम हाइड्रोजन भर्न सकिने र पूर्ण क्षमतामा छ सय ५० किलोमिटर दुरीको यात्रा गर्न सकिने जनाइएको छ । 

    
विश्वविद्यालयले ३० देखि ३५ वटासम्म हाइड्रोजन गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न पाइलट प्रोजेक्ट तयार गर्ने लक्ष्यसमेत राखेको छ । यातायात सञ्चालन गर्न हाइड्रोजन उत्पादन गरिएको यो नेपालको पहिलो प्रयास भएको जनाइएको छ । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्